नियम
बहाल घट्न सक्ने अवस्था

 

(१) आम्दानी भन्दा खर्च बढ्ता परी तथा प्राकृतिक वा अप्राकृतिक स्थितिवश बहाल बुझाउन इजाजतपत्र प्राप्त व्यक्तिलाई मर्का परे जम्मा लाग्ने बहालको बढीमा २५ प्रतिशतसम्म रकम मिनाहा दिन प्रशस्त कारणहरू भै नेपाल सरकारको रक्षा मन्त्रालयले मनासिव ठहराएमा मिनाहा हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मिनाहा भएको बहालको अभिलेख आम्दानी खर्चको विवरणसहित मिनाहाको कारणहरू महालेखा परीक्षकको विभाग, नेपाल सरकारको अर्थ आयकर विभाग र महालेखा नियन्त्रक कार्यालयमा ३५ दिन भित्र पठाउनु पर्छ ।